काठमाडौं– काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ ।


ADVERTISEMENT


उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो ।


ADVERTISEMENT

# # #


धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविदले बताएका छन् । अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८ दशमलव २ डिग्रीमा झरेको छ ।

शनिबारभन्दा आइतबार अझ तपक्रम घटेरे ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । – आजको राजधानी दैनिकबाट