काठमाडौं– केही दिनयता बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा झन् समस्या देखिएपछि उनी अस्पताल गएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको हो । अहिले उनलाई मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा राखिएको छ ।


ADVERTISEMENT

# # #


रूघाखोकीसँगै ज्वरो आएका प्रधानमन्त्रीलाई आइतबार ज्वरो केही घटेको थियो । चिकित्सकहरूले तीन दिनसम्म आराम गर्न सल्लाह दिए पनि आइतबार प्रधानमन्त्री बालुवाटारमै भएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए । बैठकमा भने उनी दश मिनेटमात्र बसेका थिए ।

राति खोकी झन् बढेपछि उनलाई अस्पताल लगिएको स्रोतले जानकारी दियो । प्रधानमन्त्रीको स्वास्थ्यबारे उनको सचिवालयले केहीबेरमा विज्ञप्ति जारी गर्दै छ ।

यसअघि प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका डाक्टर दीलिप शर्माले प्रधानमन्त्रीलाई रूघाखोकी लागे पनि संक्रमण नभएको बताएका थिए । प्रधानमन्त्री ओलीले ११ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका थिए । मृर्गौला पत्यारोपण गरेकाहरूलाई संक्रमणको सम्भावना ज्यादा हुन्छ ।