काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने राजकीय भ्रमणका लागि आज कतार जाने भएकी छन् ।


ADVERTISEMENT


कतारका अमीर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति कतार जान लागेकी हुन् । राष्ट्रपति अहिले बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा प्रस्थान गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


भोलि कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका राष्ट्राध्यक्षबीच औपचारिक भटवार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा त्यहाँका राष्ट्राध्यक्षले आयोजना गर्नुहुने रात्रीभोजमा सरिक हुने छिन् ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँगको संयुक्त अन्तरक्रियात्मक बैठकमा व्यापार तथा नेपालमा लगानीको अवसरका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् । राष्ट्रपति कात्तिक १५ गते स्वदेश फर्कनेछिन् ।