एजेन्सी– पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा कीर्तिमानी जित दर्ता गरेको छ ।


ADVERTISEMENT


लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा मार्सेइलीलाई २–० ले हराउँदै लगातार ११ औं जित निकालेको पिएसजीले कीर्तिमान बनाएको हो ।


ADVERTISEMENT

# # #


पिएसजीले यो जितसँगै टोटनह्यामले लिगका सुरूका ११ खेलमा लगातार जित निकाल्दै बनाएको कीर्तिमानसँग बराबरी गरेको छ । पिएसजीको जितमा केलियन एमबाप्पे र जुलियन ड्रेक्सलरले एक–एक गोल गरेका थिए ।

पहिलो हाफमा गोलरहित भएको खेलमा पिएसजीले दोस्रो हाफमा दुबै गोल गरेको हो । खेलको ६५ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाए ।

इन्जुरी समयको पाँचौं मिनेटमा नेइमारको पासमा ड्रेक्सलरले गोल गर्दै पिएसजीलाई २–० को जित दिलाए ।

यो खेलसँगै लगातार ११ औं जित निकालेको पिएसजी ३३ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

यसअघि सन् १९६०–६१ को सिजनमा टोटनह्यामले लिगका सुरूवाती ११ खेलमा जित निकाल्दै कीर्तिमान बनाएको थियो ।

यो युरोपका शीर्ष पाँच लिगमा सुरुमा भएको लगातार सबैभन्दा लामो जित हो ।