काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।


ADVERTISEMENT


नेता खनालले प्रधानमन्त्री उपचारार्थ शिक्षण अस्पतालमा बिहान ८:३० बजे पुगेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।


ADVERTISEMENT

# # #


रुघाखोकी सामान्य अवस्थामा नआएपछि स्वास्थ्योपचारका लागि प्रधानमन्त्री ओली आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

यस्तै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल पनि पुगेका छन् ।

यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी,केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।