काठमाडौं– नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको छ ।


ADVERTISEMENT


विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटाएको हो ।


ADVERTISEMENT

# # #


पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन् ।

१३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो ।

विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन् ।

यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन । – आजको कान्तिपुरबाट