एजेन्सी– पाँच पटकको वर्ष फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्सटाग्राममा सबैभन्दा फलो गरिएका व्यक्ति बनेका छन् ।


ADVERTISEMENT


युभेन्टसका फरवार्डले अमेरिकी नायिका तथा पप गायिका सेलेना गोमेजलाई पछि पारेका हुन् । सेलेना सन् २०१६ देखि शीर्ष स्थानमा रहेकी थिइन् ।


ADVERTISEMENT

# # #


मनोरञ्जन क्षेत्रका कलाकारहरुको वर्चश्व रहेको इन्सटाग्राममा २६ वर्षीया सेलेनाले दुई वर्षअघि आरियाना ग्रान्डेलाई उछिनेकी थिइन् ।

तर, हाल १४.४ करोडभन्दा बढी फलोअरसहित रोनाल्डो शीर्ष स्थानमा उक्लिएका छन् । हालैमात्र रोनाल्डो १० करोड युरोमा रियल म्याड्रिडबाट युभेन्टस आइपुगेका छन् ।

इटालियन लिगका १० खेलमा उनले सात गोल गर्नका साथै चारवटा एसिस्ट गरिसकेका छन् भने युभेले लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।

शीर्ष १० मा अन्य खेलाडीमा नेयमार १०.४ करोड फलोअर्ससहित दशौँ स्थानमा रहेका छन् । यी बाहेक किम कार्दासियन, बियोन्से, ड्वेन जोनसन, कायली जेनर र टेलर स्वीफ्ट शीर्ष १० स्थानमा रहेका छन् ।