कतार– राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छन् ।


ADVERTISEMENT


कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गरेका हुन् ।


ADVERTISEMENT

# # #


मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन् ।

यसअघि राष्ट्रपति भण्डारीले सोमबार (हिजो) दोहास्थित “बलद्ना फुडइन्डष्ट्रिज”को अवलोकन भ्रमण गरेकी छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सहभागी थिए । रासस