काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । आज बिहान उनको रगत परीक्षण गरिएको तथा छातीको एक्सरेको रिपोर्ट सकारात्मक रहेको अस्पतालद्वारा जारी बुलेटिनमा जनाइएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीलाई स्वास्थ्य समस्या आएपछि सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा प्राध्यापक डा। अरुण सायमी, डा दिव्या सिंह र डा शंकरकुमार दास सहितको चिकित्सक टोली संलग्न रहेको छ ।


ADVERTISEMENT

# # #


प्राध्यापक डा सायमीका अनुसार प्रधानमन्त्री ओलीले आँफैं ब्रेकफास्ट खाएका छन् भने दारी पनि आँफैले काटेका छन् । “यसरी नै अवस्था सुधार हुँदै जाने हो भने प्रधानमन्त्रीज्यूलाई चाँडै अस्पतालबाट डिस्चार्ज गर्न सकिन्छ,” डा. सायमीले भने ।