कात्तिक– आइएमई ग्रुप र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–०८, सुन्दरबस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लावीच सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष पाउनेछन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता पत्रमा आइएमई ग्रुपका तर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन् ।

ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स/मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजीमा कार्यरत कर्मचारीले यो सुविधान पाउने छन् ।

यस्तै हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले पनि यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

यसका साथसाथै कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत समेत प्रदान गरिनेछ ।

यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुप अन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचय पत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।

सम्झौता २०७५ साल मङ्सिर ०१ गतेबाट दुई वर्षसम्म कायम हुनेछ । यो सम्झौतापछि करिव चार (४) हजार कर्मचारीहरु र लाखौँ सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीको दाबी छ ।

स्वास्थ्य शरीरमा स्वास्थ्य मष्तिस्कको बास हुन्छ भन्ने दार्शनिक भनाइलाई हृदयंगम गर्दै ग्रुपमा कार्यरत कर्मचारी मित्रहरू र सेवाग्राहीहरूलाई खेलकुदका क्षेत्रमा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ सम्झौता गरिएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

शरीरलाई चुस्त र दुरुस्त राख्न खेलकुदप्रतिको चासो बढ्दै गएको सन्दर्भमा आइएमई जस्तो चलायमान व्यापारिक ग्रुपसँग सम्झौता गर्न पाउँदा आफुलाई खुशी लागेको नउलिन स्पोर्स भिल्लाका प्रवन्ध निर्देशक किशोर थापाले बताए ।

आइएमई ग्रुपले रेमिटेन्स, बैंकिङ्ग, इन्सोरेन्स, सूचना–प्रविधि, पर्यटन, ट्राभल एण्ड टुर्स, हस्पिट्यालिटी, अटोमोबाइल, उर्जा लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै रोजगारी अवसर सिर्जना गर्दै आइरहेको छ ।