पटना, भारत– नेपाली काँग्रेसका नेता एवं प्रतिनिधी सभाका सांसद अफ्ताव आलम र बिहारका मुख्य मन्त्री नितेश कुमारले नेपाल भारतको सम्बन्ध उचाईमा पूर्याउने संयुक्त प्रतिवद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


पूर्वमन्त्री समेत रहेका आलम र नितेश कुमारबीच बिहिबार पटना स्थित मूख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा दुई देशको सम्बन्धलाई प्रगाढ र उचाईमा पूर्याउन भूमिका खेल्ने विषयमा छलफल भएको हो ।


ADVERTISEMENT

# # #


भेटको क्रममा मूख्यमन्त्री नितेश कुमारले नेपाल र भारत बीचको सदियौंदेखि रहँदै आएको सम्बन्धमा चर्चा गर्दै सो सम्बन्धलाई दुई देश बीच आर्थिक समृद्धि र जनहितका पक्षमा समेत बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

भेटका क्रममा नेता आलमले नेपालमा पर्यटन, जलश्रोत लगायतका बिषयमा लगानी गर्न बिहार सरकारलाई आग्रह गर्नु भएको छ ।

भेटका क्रममा जेडियु नेता, बिहार बिधान सभा अल्पसंख्यक कल्याण समितीका सभापति ( विधायक ) मोहम्मत शरफुदीनको समेत उपस्थिती रहेको थियो ।