काठमाडौँ–  नेपाल विद्यार्थी सङ्घले मध्यपश्चिम विश्वविद्यालयको काठमाडौँ सम्पर्क कार्यालय मैतीदेवीमा तालाबन्दी गरेको छ ।


ADVERTISEMENT


नेवि सङ्घलगायत सात विद्यार्थी सङ्गठनले मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक सुधारका निम्ति माग राखेर आन्दोलन गर्दैगर्दा नेवि सङ्घका केन्द्रीय सदस्य अनिलबहादुर शाहीलाई कारबाही गरेको विरोधमा आज दिउँसो सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो ।


ADVERTISEMENT

# # #


नेवि सङ्घ मध्यपश्चिमाञ्चल संयोजकसमेत रहेका शाहीलाई विश्वविद्यालयले गरेको कारबाही तत्काल फिर्ता लिनुपर्ने, नेवि सङ्घलगायत सात विद्यार्थी सङ्गठनले शैक्षिक सुधारका लागि राखेका माग तत्काल पूरा गर्नुपर्ने माग राखेर सम्पर्क कार्यालय तालाबन्दी गरिएको नेवि सङ्घका केन्द्रीय कोषाध्यक्ष शिव रिमालले जानकारी दिए ।

उनले आफूले राखेका माग पूरा नभएसम्म आन्दोलन जारी राखिने पनि बताएका छन् ।