काठमाडौँ– बलिउडका किङ खान भनेर चिनिने अभिनेता अभिनेता शाहरुख खानको फिल्म ‘जिरो’ को ट्रेलेर सार्वजनिक गरिएको छ । शाहरुखको ५३ औँ जन्मदिनको अवसरमा शुक्रबार ट्रेलर रिलिज गरिएको हो ।


ADVERTISEMENT


यस फिल्ममा शाहरुख पहिलो पटक पुट्केका रुपमा बउवा सिंहको भूमिका खेल्दैछनु । २१ डिसेम्बरलाई रिलिजको मिति तोकिएको फिल्म ‘जिरो’ शाहरुख खानको अहिलेसम्मकै महंगो भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


‘जिरो’को सुटिङ र फिल्ममा प्रयोग गरिएको भीएफएक्स (भिजुयल इफेक्टस्)को कारण फिल्मको कुल बजेट लगभग २०० करोड रुपैया पुगेको छ । यसको शुटिङ करिब १५० दिन चलेको थियो ।

नन्द एल रायले निर्देशन गरेको यो फिल्म शाहरुखका लागि निकै महत्वपूर्ण छ, किनकी उनका पछिल्ला केही फिल्मले खासै सफलता पाउन सकेका थिएनन् ।
फिल्ममा शाहरुखका साथै अनुष्का शर्मा, क्याट्रिना कैफ लगायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुस् :