काठमाडौँ – बलिउड अभिनेत्री सन्नी लियोनले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् ।


ADVERTISEMENT


‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले आफ्नो ‘डान्स पर्फमेन्स’ गर्ने भएकी हुन् । छोटो दृश्य मात्रै भए पनि नेपाली फिल्मका लागि सन्नी लियोनको यो पहिलो अभिनय हुने छ ।


ADVERTISEMENT

# # #


सन्नीले हालै आफ्नो ट्वीटरमार्फत पनि आफू नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’ गर्न पाएकोमा खुसी अनुभुत गरेको बताएकी छन् । ‘एबी ईन्टरनेश्नल’को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सूटिङ बेलायतमा हुने बताइएको छ ।

बलिउडमा प्रभावशाली भुमिका नपाइरहँदा सन्नीले नेपाली चलचित्रमा अभिनय गर्ने भएकी हुन् । उनी यसअघि पनि काठमाडौंमा आएर आफ्नो प्रस्तुती दिइसकेकी छन् ।

सन्नी लियोनले ट्वीटरमा फिल्ममा अभिनय गर्न पाएकोमा खुसी लागेको भन्दै यस्तो लेखेकी छन् :