भद्रपुर– पाँच दिनदेखि बेपत्ता झापाको गौरीगञ्ज गाउँपालिकाका एक व्यक्तिको शव आज फेला पारिएको छ ।


ADVERTISEMENT


गौरीगञ्ज–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव नेपाल भारत सीमाको ५०० मिटर दूरीको भारतीय भूमिमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कनकाई नदी किनारको कासघारीमा जमीनमुनि गाडिएको अवस्थामा शव फेला परेको हो ।


ADVERTISEMENT

# # #


बेपत्ता राजवंशीको खोजीमा रहेका स्थानीयवासीले नै उनको घडी, पर्सलगायतका सामग्रीसहित गाडिएको स्थानबाट ५० मिटर दूरीको स्थान रगताम्य भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

नेपाल र भारतीय प्रहरीको संयुक्त टोलीले शव खाल्डोबाट निकालेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख टेकेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार राजवंशीको हत्या गरेर खाल्डोमा शव पुरिएको अनुसन्धानबाट देखिएको छ ।

सो स्थान भारतीय भूमिमा रहेको हुँदा राजवंशीको शव भारतीय प्रहरीले नै लैजाने र शव परीक्षणपछि मात्र नेपाल प्रहरीमार्फत परिवारको जिम्मा लगाइने बताइएको छ ।