काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ ।


ADVERTISEMENT


मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोवाईल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाईबरजस्ता सामाजिक सञ्जाल आफुखुसी प्रयोग गर्न रोक लगाएको हो ।


ADVERTISEMENT

# # #


कात्तिक १३ गतेदे स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागु हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्विरसमेत सामाजिक सञ्जालमा राख्न नपाईने उल्लेख छ । – आजको कान्तिपुर दैनिकबाट