इलाम– नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।


ADVERTISEMENT


इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गर्दै चुनाव सार्नुपर्ने कुनै कारण थिएन, भने। “मधेसका दुई चार जना नेताको अघि सरकारले लाचारीपन देखायो” उनले भने ।


ADVERTISEMENT

# # #


पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गरे । जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उहाँले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्छ, भने ।