काठमाडौं– ‘बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ । अब मौसम फेरिएको छ, सरकारले २,४ गियरमा मात्रै होइन, उडान नै भर्नेवाला छ । यसमा विश्वस्त हुनुस् ।’ –पुष्पकमल दाहाल, अध्यक्ष नेकपा ।


ADVERTISEMENT


‘चुनाव घोषणापत्र बनाउने संयोजक म आफैं थिएँ । तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा त्यसको केही आएन । दुईतिहाइको बहुमतले कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन । मेलमिलापमै जानुपर्छ ।’ –वामदेव गौतम, सचिवालय सदस्य नेकपा ।


ADVERTISEMENT

# # #


यी दुई बोली नेकपाका दुई शीर्ष नेताका हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल सरकारको समर्थनमा जुन दिन बुटवलमा बोल्दै थिए, त्यही दिन काठमाडौंमा सचिवालय सदस्य वामदेव गौतमले विरोध गरिरहेका थिए । अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकारबारे नेकपा नेताका स्वर बाझिएका हुन् । दाहालले पार्टीको प्रदेश ५ कमिटीले गरेको कार्यक्रममा पुगेर प्रधानमन्त्री ओलीको समेत प्रशंसा गरे । गौतमले भने ओखलढुंगाका शिक्षक गुरु लुइँटेलको स्मृति सभामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

‘चुनाव घोषणापत्र बनाउने संयोजक मै थिएँ तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा घोषणापत्रमा उल्लेख विषय आएनन्, चुनावी घोषणापत्र कार्यान्वयन गर्नैपर्छ,’ गौतमले भने, ‘दुईतिहाइको बहुमत त हामीसँग छ, काम हुन सकिरहेको छैन । त्यो दुईतिहाइको कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन । मेलमिलापमै जानुपर्छ । कांग्रेस सभापति देउवाले भने जस्तै ।’ – आजको अन्नपूर्ण पोष्टबाट