काठमाडौं– प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमतीलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो । उनलार्इ स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको महाशाखाका एक अधिकारीले बताए ।


ADVERTISEMENT

# # #


यसअघि गत वर्ष २३ असोजमा बानेश्वरमा गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको घटनामा उनको पनि संलग्नता देखिएको प्रहरीको दाबी छ ।

समिरका ३ जना सुटर पक्राउ परेसँगै घटनामा मायाको संलग्नता पनि सार्वजनिक भएको हो । यसअघि समिरलाई कारागार व्यस्थापन विभागले मुस्ताङ सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी थिइन् ।