काठमाडौँ– विपक्षी दलका नेताले अध्ययनका लागि समय माग गरेपछि प्रधानन्यायाधीश सिफारिस हुन सकेन ।


ADVERTISEMENT


संवैधानिक परिषदको सोमबार बसेको बैठकमा प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका कामु प्रधानन्यायाधीश गोपाल पराजुली बारे थप अध्ययन गर्न समय माग गरेका छन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले अध्ययनका लागि भन्दै समय माग गरेपछि बैठक असार १५ गते बस्ने गरी स्थगित भएको बताइएको छ । ओलीले कामु न्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेर बारे विवाद रहेको कुरा बैठकमा उठाएका थिए ।

आजको बैठकमा न्याय परिषदले सिफरिस गरेका ६ जना मध्येबाट प्रधानमन्त्री देउवाले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव पेश गरेका थिए ।