काठमाडौं –  नेपाली कांग्रेसले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गच्छदारलाई उपसभापतिमा मनोनयन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


बैठकले फोरम नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेको लोकतान्त्रिकका अन्य नेता तथा भातृ संस्थाका नेतालाई समायोजन गर्न विमलेन्द्र निधीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको रमेश लेखकले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले पार्टीको महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको नेता लेखकले बताए । गत भदौ ९ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।

तर विधान संशेधन मस्यौदा समितिले विधानको मस्यौदा तयार गरी नसकेका कारण महासमितिको बैठक पछाडि धकेलिएको हो ।