सिन्धुली– प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति गए राति फरार भएका छन् । सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित उनी फरार भएको हुन् ।


ADVERTISEMENT


फरार हुनेमा तीनपाटन गाउँपालिका–११ लाम्पान्टारका २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेका छन् । श्रेष्ठले मदिरा सेवन गरी श्रीमती, परिवारका सदस्य तथा छिमेकी समेतलाई कुटपिट गरेको उजुरी परेपछि प्रहरी चौकी चकमकेले आइतबार उनलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका श्रेष्ठलाई प्रहरी चौकीमा नै प्लास्टिकको कुर्सीमा पछाडि हात राखेर बाँधी हतकडी लगाएको थियो ।


ADVERTISEMENT

# # #


फरार श्रेष्ठको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले बताए ।