चितवन– जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी पर्नुभएकाउहाँको उपचारको क्रममा गए राति चितवन मेडिकल कलेजमा निधन भएको हो ।


ADVERTISEMENT


विसं १९९२ मङ्सिरमा भोजपुर जिल्लामा जन्मिनुभएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट १८ वर्षको उमेरमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०१६ सालबाट उनी चितवनमा बसाइँ सरेर आएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला नेता तेजेन्द्र खड्काका अनुसार उनले विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका छन् । लामो समयसम्म उनी पार्टीको सल्लाहकारको रुपमा रहँदै आएका थिए । यससंँगै रेडक्रस र शिक्षा क्षेत्रमा समेत उनले योगदान पुर्याएका थिए।

जिल्लाका अधिकांश प्राथमिक सरकारी विद्यालय खोल्न मास्केले योगदान रहेको छ । अहिले ज्येष्ठ कम्युनिष्ट मञ्चको सल्लाहकार रहेका मास्के गोरखामा हुँदा बाल सङ्गठनको जिल्ला सभापति र पछि केन्द्रीय उपाध्यक्ष भएका थिए । चितवनमा सुस्तःमनस्थिति कल्याण संस्थाको संस्थापक बनेका उनको संलग्नता नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति सङ्घ, लायन्स क्लबलगायतका संस्थामा रहेको छ ।

स्व मास्केका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । कान्छा छोरा अमेरिका भएकाले उनी फर्केपछि शनिबार अन्त्येष्टि गरिने भतिजा रोशन मास्केले बताए ।