काठमाडौँ– तिहारको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।


ADVERTISEMENT


संस्थामार्फत् देशैभरिका फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आज नयाँ बानेश्वरस्थित एनएफपिजेका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकार निवासबाट देउसी भैलो कार्यक्रम शुरु भएको हो । भैलोमा संस्थाका पूर्वअध्यक्ष कविन्द्रमान शाक्य, धादिङ शाखाका अध्यक्ष नारायण सिल्वाल, केन्द्रीय उपाध्यक्ष कृष्ण खड्का र महासचिव प्रदीजराज वन्तलगायतका फोटो पत्रकार सहभागी थिए ।


ADVERTISEMENT

# # #


भैलोमा लोक तथा दोहोरी गायक दिनेश थापालगातयका कलाकारले आफ्नो प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा सल्लाहकार शाक्यले देशैभरिका सम्पूर्ण फोटो पत्रकारको क्षमता अभिवृद्धि र अधिकारका लागि एक जुट हुनुपर्नेमा जोड दिए ।

धादिङ शाखाका अध्यक्ष सिल्वालले केन्द्रका भन्दा पनि मोफसलका फोटो पत्रकारको क्षमता वृद्धिमा जोड दिनुपर्छ भने । केन्द्रीय अध्यक्ष चित्रकारले एनएफपिजेमा आबद्ध हुन सम्पूर्ण फोटो पत्रकारलाई आग्रह गरे । देउसीबाट रु ३५ हजार सङ्कलन भएको बताइएको छ ।