काठमाडौँ– मपञ्चकको तेस्रो दिन आज गाईतिहार ।


ADVERTISEMENT


हिन्दू धर्मावलम्बीहरूले आज गाईको पूजा गरेर गाई तिहार मनाएका छन् । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।


ADVERTISEMENT

# # #


गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।

गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

तस्बिरहरु : रासस