काठमाडौँ– सिंगापुरमा आगामी जुलाइमा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको छनोटका लागि १८ सदस्यीय राष्ट्रिय टोलीको घोषणा भएको छ । प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा हुनेछ ।


ADVERTISEMENT


नेपालसँगै अफगानिस्तान, मलेसिया र आयोजक सिंगापुरले छनोट खेल्नेछन् । डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा न्यूजिल्याण्डमा हुने विश्वकपका लागि छनोट हुनेछ ।


ADVERTISEMENT

# # #


राष्ट्रिय टोलीबाट खेलिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र आसिफ शेख १८ सदस्यीय प्रारम्भिक टोलीमा अटाएका छन् ।

हाल अटाएका मध्ये १४ जना अन्तिम टोलीमा छनोट हुनेछन् । बाँकी ४ जना बैकल्पिक खेलाडीको रुपमा रहनेछन् । खेलाडी छनोट कमिटीमा आइसीसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर भेन्कटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र यू–१९ टोलीका मुख्य प्रशिक्षक बिनोद दास छन्। टोलीको प्रशिक्षण आजैबाट शुरु भएको छ ।

टोलीमा अटाउनेमा सन्दिप लामिछाने, अनिलकुमार साह, साहब आलम, रसिद खान, आशिफ शेख, सन्दिप सुनार, ललित नारायण राजवंशी र किशोर महतो छन् ।

त्यस्तै सुशान्तसिंह थापा, विक्रम भुसाल, प्रकाश केसी, पवन शर्राफ, सन्दिप जोरा, रिजन ढकाल, प्रनित थापा मगर, रोहित पौडेल, आदील खान र दिपेन्द्र सिंह ऐरीले पनि प्रारम्भिक १८ मा स्थान पक्का गरेका छन् ।