काठमाडौँ– आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि बाहिर निस्किएका सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरिसँग भने, ‘आज धेरै विषयमा छलफल भयो, आवश्यक निर्णयहरू गरिएको छ। समयक्रममा तपाईंहरूले थाहा पाइहाल्नु हुन्छ।’


ADVERTISEMENT


सधैँझैं मन्त्रिपरिषद् बैठकपछि निर्णय सुन्न बालुवाटार पुगेका पत्रकार उनको कुराले अलमलिए। मन्त्री बाँस्कोटाले थपे, ‘विस्तृतमा दिनका लागि केही प्रबन्ध गर्दैछौं। फरक व्यवस्थाका साथ आउँछौं होला।’


ADVERTISEMENT

# # #


अब सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तक्र्रिया गर्ने तयारी भएको छ ।

प्रेस सल्लाहकार डा अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तक्र्रिया हुनेगरी तयारी भएको जानकारी दिए । उक्त अन्तक्र्रिया सम्भवतः हरेक बिहीबार हुनेछ ।

उनले भने, “सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो ।”