आमिर खान, अमिताभ बच्चन, कट्रिना कैफको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ ले खराब समीक्षाका बाबजुत नयाँ रेकर्ड बनाएको छ । ‘ठग्स अफ हिन्दुस्तान’ २०१८ मा रिलिज भएको पहिलो दिनमै सबैभन्दा ज्यादा कमाई गर्ने फिल्म बनेको छ । फिल्मको पहिलो दिनको कुल कमाई ५२ करोड रहेको छ ।
फिल्म समीक्षक तरण आदर्शका अनुसार २०१८मा पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने पाँच फिल्ममा सञ्जु रेस–३, गोल्ड र बागी २ रहेका छन् । (ठग्स..)को कमाई यी फिल्मभन्दा ज्यादा रहेको छ । तरपनि फिल्म समीक्षबाट यो फिल्मको कथा र निर्देशनको राम्रो प्रतिक्रिया पाइरहेको छैन । उनीहरु भन्छन्, ‘फिल्मले दिपावलीको छुट्टी, अमिताभ र अमीरको स्टारडमको फाइदा उठाइरहेको छ ।’
‘मिस्टर परफेक्शनिस्’ कसरी चुके ?
अमीर खान फिल्ममा एउटा डायलग बोल्छन्, ‘मेरो स्वभाव नै धोका दिनु हो ।’ वास्तविकतामा अहिले त्यही चरितार्थ भएको छ । ‘ठग्स अफ हिन्दुस्तान’ को खराब समीक्षाले गर्दा मानिस अमीर खानप्रति अच्चमित भएका छन् ।
वर्षमा एक दुई फिल्म मात्रै गर्ने अमिर आफ्नो फिल्मका लागि एकदमै मेहनेत गर्ने अभिनेतामा पर्छन् । यही महनेतले नै अमिर खानलाई आम दर्शक र फिल्म समीक्षकले मन पराउँछन् । तर, ‘मिस्टर परफेक्शनिस्’का नामले चिनिने अमिर यस फिल्ममा भने चुकेका देखिन्छन् ।
अमिर खानका फिल्मको यसअघिको रेकर्ड कस्तो थियो ?
अमिर खानका केही पछिल्ला फिल्मको कुरा गर्ने हो भने राम्रो समीक्षा हुँदाहुँदै पनि कमाईको हिसाबमा (ठग्स..) भन्दा पछाडी छन् ।
सेक्रेट सुपरस्टार : २०१५ मा आएको यो फिल्ममा जायरा वसीम मुख्य भूमिकामा थिइन् भने अमिर सह कलाकार थिए । बिहीबार रिलिज भएको यो फिल्मको पहिलो दिनको कमाई करिब ४.८ करोड र शुक्रबारको कमाई करीब ९.३० करोड रहेको थियो ।
दंगल : २०१६ मा ४ हजार स्क्रीनमा रिलिज भएको दंगलको पहिलो दिनको कमाई २९ करोड रहेको थियो ।
पीके : २०१४ मा आएको यो फिल्मको पहिलो दिनको कमाई २६ करोड रहेको थियो ।
धूम ३ : धूम सिरिजको तेस्रो यो फिल्म २०१३ मा रिलिज भएको थियो । फिल्मको पहिलो दिनको कमाई ३६ करोड रहेको थियो ।
तलाश : २०१२ मा पहिलो दिनमा यो फिल्मले १३ करोड कमाएको थियो ।
थ्री इडियट्स : २०१४ मा रिलिज भएको यो फिल्मको पहिलो दिनको कमाई १३ करोड रहेको थियो ।
ट्रोल बन्दै (ठग्स…)
फिल्म ‘ठग्स अफ हिन्दुस्तान’लाई लिएर आम दर्शकले पनि सामाजिक सञ्जालमा ट्रोल बनाएका छन् । ट्वीटरमा शेयर गर्दै दीप एक मीम नाममा प्रयोगकर्ता लेख्छन्, ‘ठग्स अफ हिन्दुस्तान हेरिपछि दर्शकको प्रतित्रिया : मलाई घर जानुछ, हे भगवान तपाई जे भन्नुहुन्छ म मान्न तयार छु । बस् मलाई घर पुर्यादिनुहोस् ।’
Audience reaction while watching #ThugsOfHindostan in theatres😁 #ThugsOfHindustan pic.twitter.com/794Vq8kOKu
— Deep Valesha (@Deepvalesha1) November 8, 2018
बेहद खराब फ़िल्म है भाइयो ये ठग्स ऑफ हिंदुस्तान…
ये आमिर खान ने तो इस बार पब्लिक को ही ठग लिया .#ThugsOfHindostan @arajajii @careless_shubh— अम्बुज मिश्रा (@AmbujMi96281752) November 9, 2018
यस्तै ललित शर्मा नामका प्रयोगकर्ता लेख्छन्, ‘अमिर खानको फिल्म आफ्नो मोबाइलको एचडी स्क्रीनमा हेर्नुस् र टिकटको पैसा कुनै गरिब मानिसलाई दिनुहोस् ।’
यस्तै अन्य ट्रोलपनि बनेका छन् ।
Talash…Dhoom 3 and now Thugs of Hindustan..Amir continuing…#ThugsOfHindosthan pic.twitter.com/EI1oGHLjlZ
— Arif (@Arif_treats) November 8, 2018