बलिउडका स्टार रणवीर सिंह र दीपिका पादुकोणको विवाह अबको आजै हुँदैछ । इटालीको लेक कोमोमा १४–१५ डिसेम्बरमा उनीहरुको विवाह हुन लागेको हो । उनीहरुको विवाह कुन परम्परा अनुसार हुँदैछ ? वा विवाहको तालिका के छ ? भन्ने जान्न चाहनुहुन्छ भने यी कुराहरु पढ्नुस् ।


ADVERTISEMENT


भारतीय समाचारका अनुसार राणवीर–दीपिकाको विवाहको सुरुवात १३ नोभेन्बरदेखि हुँदैछ । यस दिन नाचगान हुनेछ । जसमा नजिकका साथी र परिवारका सदस्य सामेल हुनेछन् । रणवीर–दीपिकाको विवाह इटालीको लेक कोमोमा १४–१५ डिसेम्बरमा हुँदैछ । जहाँ हलिउडका अन्य केही कलाकारको समेत विवाह भइसकेको छ ।


ADVERTISEMENT

# # #


१४ नोभेम्बरमा दीपिका पादुकोणको संस्कृति अनुसार कोन्कणी परम्परा अनुसार विवाह हुनेछ भने १५ नोभेम्बरमा रणवीर सिंहको तर्फबाट सिन्धी रीति रिवाज अनुसार सात पटक घुमेर गरिनेछ । अर्थात् दुई अलग अलग रितिरिवाज अनुसार विवाह हुँदैछ ।

मीडिया रिपोर्टका अनुसार विवाहमा दीपिका दिपीका दुई फरक संस्कार अनुसार फरक पहिरन लगाउनेछिन् । मीडिया रिपोर्टका अनुसार विवाहमा दीपिका दिपीका दुई फरक संस्कार अनुसार फरक पहिरन लगाउनेछिन् । विवाहमा ठूला कलाकारहरुलाई पनि बोलाइएको छ । जसमा फराह खान, शाहरुख खान, सञ्जय लीला भन्साली, आदित्य चोपडा रअर्जुन कपूर लगायतका व्यक्तित्व लेक कोमोमा उपस्थित हुनेछन् ।

अझ रोचक त के भने विवाहमा उपस्थित हुने पाहुनालाई मोबाइल फोन निषेध गरिएको छ । विवाहलाई प्राइभेट राख्न वा विवाहका तस्बिर लिक नहोस् भन्नका लागि विवाह समारोहमा फोन नलिन फाहुनालाई अपील गरिएको छ ।