काठमाडौँ – नेविसंघ केन्द्रीय समितिले घोषणा गरेका कार्यक्रम अन्तरगत सोमबार नेविसंघ काभ्रेले बनेपामा पुत्ला दहन गरेको हो। बनेपाका दुई स्थानमा पुत्ला दहन गर्दै नेविसंघ कार्यकर्ताले प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका थिए।


ADVERTISEMENT


नेविसंघ आव्हान गरेको हड्तालको कारण दोस्रो दिन पनि काभ्रेका शैक्षिक संस्था बन्द भएका छन्।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघ तपेश्वर मावि इकाइ अध्यक्ष कृष्ण ढकालको रिहाइको माग गर्दै जिल्ला समितिले आइतबार र सोमबार आव्हान गरेको हड्तालका कारण विद्यालयहरुमा पठनपाठन ठप्प भएको छ।

यस्तै काठमाडौंको वाल्मिकी विद्यापीठका नेविसंघसम्वद्ध विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । प्रधानमन्त्रीको तस्वीर टाँसिएको पुत्ला जलाएपछि प्रहरीले उनीहरुलाई लेखेटेको थियो ।