काठमाडौं – नेपालका तीन जना खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नयाँ वरियतामा पर्न सफल भएका छन् । कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मी नयाँ वरियताको शीर्ष १०० लिस्टमा अटाएका हुन् ।


ADVERTISEMENT


कप्तान पारस ब्याटिङ, र अलराउन्डर गरी तीन मध्ये २ वटा विधाको बरियतामा पर्न सफल भएका छन् । उनी अलराउन्डरमा ४१औं स्थानमा रहेका छन् । उनले इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली, इमाद वासिम जस्ता विश्वचर्चित खेलाडीलाई पछि पारेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, कप्तान पारस ब्याटिङमा ९३औं स्थानमा उक्लिएका छन् । पारसले वेष्ट इन्डिजका एन्ड्रे रुसेल, कैरोन पोलार्ड, अष्ट्रेलियाका क्रिस लिन जस्ता खेलाडीलाई पछि पारेका छन् । त्यस्तै, नेपालको युवा बलर सोमपाल कामी पनि टि–ट्वान्टी क्रिकेटको दुबै विधामा परेका छन् । सोमपाल बलिङतर्फ ९४ औं स्थानमा छन् भने अलराउन्डरमा ६४ औं स्थानमा रहेका छन् ।

त्यस्तै बलिङतर्फ नेपालकै बसन्त रेग्मी पनि पर्न सफल भएका छन् । बसन्त ७५ औं स्थानमा छन् ।

टि–ट्वान्टी क्रिकेटको ब्याटिङ बरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम रहेका छन् । त्यस्तै, बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान रहदा अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल रहेका छन् ।\