काठमाडौं – समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेले पनि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले ओलम्पिक छनोटअन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा स्थान बनाएको छ ।


ADVERTISEMENT


याङगोनस्थित थुवुना रंगशालामा समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग बराबरी खेले पनि नेपालले उत्कृष्ट तेस्रो टोलीका रुपमा दोस्रो चरणमा स्थान बनाएको हो । पहिलो चरणबाट चार समूहका शीर्ष दुई टोली र तेस्रो स्थानमा रहनेमध्येको उत्कृष्ट दुई टोलीले दोस्रो चरणमा स्थान बनाउने प्रावधान थियो । नेपाल समूह ‘सी’ मा अपराजित रह्यो । नेपालको सम्मिलित समूहबाट भारत र म्यानर पनि अघिल्लो चरण प्रवेश गरेका छन् ।


ADVERTISEMENT

# # #


कप्तान निरु थापाको गोलबाट नेपालले १७आंै मिनेटमा अग्रता लिएको थियो । तर अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले अंक बाँड्नु परेको थियो । इन्जुरी समयमा बंगलादेशकी अखि खातुनले बराबरी गोल फर्काएकी थिइन ।