बाजुरा – बाजुरामा जीप दुर्घटना हुँदा एजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्लाको बुढीगंगा नगरपालिका –२ बल्देमा जीप सडकबाट ५ सय मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।


ADVERTISEMENT


मृत्यु हुनेमा त्रिवेणी नगरपालिका ४ का धनब हादुर साउँद रहेका छन् । खप्तड छेडेदह गाउँपालिकाबाट जिल्ला सदरमुकाम मार्तडी आउँदै गरेको से १ ज ५४३ नम्बरको जीप दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


जीप दुर्घटनामा परी मृतक चालक साउँदका २२ वर्षीया छोरा नबराज साँउद र खप्तड छेडेदह गाउँपालिका ५ डोगडीका कुम्भ बुढा घाईते  भएका छन् । घाईतेहरुको थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।