काठमाडौँ– धनगढी प्रिमियर लिग (डिपिएल)को मुख्य प्रायोजनलाई विजय डिस्टिलरी (रुस्लान)ले निरन्तरता दिएको छ । रुस्लानले तेस्रो संस्करणको डीपीएलका लागि १ करोड १० लाख रुपैयाँ बराबरको प्रायोजन गरेको हो ।


ADVERTISEMENT


शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा रुस्लान र आयोजक बिचको सम्झौता नविकरण गरिएको हो । सम्झौता पत्रमा रुस्लानको तर्फबाट चीफ फाइनान्स अफिसर सतीस कर्ण र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष समेत रहेका आयोजक सुवास शाहीले हस्ताक्षर गरेका छन् । यो नेपाली घरेलु प्रतियोगिताको सर्वाधिक प्रायोजन रकम हो ।


ADVERTISEMENT

# # #


यसअघि पनि डीपीएललाई रुस्लानले नै मुख्य प्रायोजन गर्दै आएको थियो । डीपीएलको तेस्रो संस्करण यो वर्ष चाँडै हुनेछ । तेस्रो संस्करको डीपीएल यहि माघ १९ गतेदेखि फाल्गुन ४ गतेसम्म आयोजना हुने बताए । यस वर्ष वर्ष पीपरुीएलका खेल ड्रिम फाप्ला मैदानमा हुनेछन् । यसअघिका दुई संस्करणमा धनगढीको संघीय इकाई प्रहरी कार्यलयको मैदान प्रयोग भएको थियो । तर, यसपाली यो मैदानलाई वैकल्पिक मैदान बनाइएको छ ।

आयोजक सुवास शाहीका अनुसरा तेस्रो संस्करणको डीपीएलको अनुमानित लागत रकम ५ करोड रुपैयाँ रहेको छ भने शहरका नाममा आधारित ६ टोलिले नै प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको दुवै संस्करणको उपाधि टिम चौराहा धनगढीले हात पारेको थियो । पारस खड्काको कप्तानीमा पहिलो संस्करण तथा सोमपाल कामीको कप्तानीमा दोस्रो संस्करणमा चौराहाले उपाधि जितेको थियो ।

हरेक बर्ष धनगढी प्रिमियर लिगको टिकट बिक्रिबाट संकलित रकम फाप्ला मैदानको निर्माणमा प्रयोगहुँदै आएको छ। यसबर्ष समेत टिकट बिक्रिबाट संकलित २० प्रतिशत रकम फाप्ला मैदानमा प्रयोग गरिने आयोजकले बताएको छ।