नवलपरासी (सुस्ता पश्चिम) – लुकाई छिपाई राखेको १ थान पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाल्हीनन्दन गाउँपालिका३ बेलासपुर डेरा गरी बस्ने सोही गाउँपालिका घर भएका २४ वर्षीय मेलु मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


शुक्रबार बिहान अबैध हतियार लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले उनको डेरा कोठा खानतलासी गर्दा सिरानी मुनि लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला परेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।