काठमाडौँ– आगामी २२ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगिताका लागि पोखरा राइनोजले मुख्य प्रशिक्षकमा अष्ट्रेलियका नाथन डोडलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ ।


ADVERTISEMENT


यसअघि दुई जना विदेशी खेलाडी भित्र्याइसकेको पोखराले प्रशिक्षकमा पनि नाथनलाई ल्याउने भएको हो । यस्तै पोखरा राइनोज इपीएलका लागि विदेशी कोच ल्याउने पहिलो टिम बनेको हो ।


ADVERTISEMENT

# # #


प्रशिक्षकमा अनुबन्धित भएपछि डोडले पोखरा राइनोजका खेलाडीमा भएको ट्यालेन्टलाई विकास गर्न आफू हरसम्भव प्रयास गर्ने बताएका छन् । उनले नेपालमा आएर क्रिकेटसँग आवद्धहुन पाउदा खुसी लागेको बताएका छन ।

इपीएल यही २२ गतेदेखि पुस ७ गतेसम्म काठमाडौँस्थित त्रिवी क्रिकेट मैदानमा हुनेछ । जसमा पोखरासहित ६ वटाले सहभागिता जनाउँदैछन् ।

को हुन् डोड ?

टिमको मुख्य प्रशिक्षकका रुपमा आउन लागेका नाथनले अष्ट्रेलियन क्रिकेटमा लेभल थ्री कोर्ष गरेका छन । जस्टिन ल्याङगर र फिलिप ज्याक्ससँगै प्रशिक्षक कोर्ष गरेका नाथनले धेरै अन्तराष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भुमिका निर्वाह गरेका छन ।

हाल न्यू ब्लुजको सल्लाहकार प्रशिक्षक रहेका उनी डिसेबल अष्ट्रेलियन क्रिकेट टिमको सिनियर एसिस्टेटन प्रशिक्षक रहेका छन । नर्दन टेरोटोरी क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेको नाथनले सन् २०१६ मा आदिवासी महिला टिमको प्रशिक्षक पनि रहेका थिए ।

टी–२० क्रिकेटमा राम्रो प्रशिक्षकको अनुभव बोकेका उनी स्यान्डगेट रेडक्लिफ क्रिकेट टिमको सहायक प्रशिक्षक रहिसकेका छन ।