काठमाडौँ– हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन (हाई-एम बि) सुरुवात गरेको छ । मंगलबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले उक्त मोबाईल एप शुभारम्भ भएको घोषण गरेका हुन् ।


ADVERTISEMENT


‘हेएर ईज योर न्यू बैंक’ तथा ‘विग बैंक इन स्मल साईज’ स्लोगनका साथ शुभारम्भ गरिएको यो मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाता बारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिन सकिने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै एप मार्फत हाल हिमालयन बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न विलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगाएतका अन्य थुप्रै सेवा सुविधाहरुसमेत प्राप्त गर्न सकिनेछ ।

मोबाईल एप शुभारम्भ समाहरोहमा बोल्दै बैंकका उप महाप्रबन्धक श्री उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पुर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा आफ्ना ग्राहकहरुका लागी थप नविनतम प्रविधि उपलब्ध गराउदै जाने बताए । उनले बैंकको आइटी सुरक्षा व्यवस्थालाई अझ सुद्धृढ गर्दै बैंकलाई नेपालकै नम्बर १ आधुनिक सुचना प्रविधि युक्त बैंक बनाउँदै लगिने दाबी गरे ।

कार्यक्रममा बैंकको प्राविधिक शाखाका धिरज श्रेष्ठले मोबाईल एपबारे विस्तृत जानकारी गराएका थिए ।

हिमालयन बैंकले देशभरि भएका आफ्ना ५६ बटा शाखा तथा १०८ वटा एटिएम मार्फत ग्राहकहरुका लागी सम्पूर्ण सेवा प्रदान गरिरहेको र चालु बर्षमा थप ६ बटा शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराएको छ ।

बैंकले असोज मसान्तसम्म रु. १ खर्ब २ अर्ब ४५ करोड बराबरको निक्षेप संकलन गरि रु. ९४ अर्ब २४ करोड बराबरको कर्जा प्रवाह गरेको छ । बैंकले चालु आ व को उक्त अवधि सम्ममा रु. ६४ करोड ९६ लाख बराबरको खुद मुनाफा आर्जन गरेको छ ।