काठमाडौं । ब्राजिल तथा विशेष गरी फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई चिन्ताको विषय बनेको छ नेइमारको चोट । स्टार स्ट्राइकर नेइमार ब्राजिलको क्यामरुनसँगको मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति बेलायतको एमकेमा भएको खेलको क्रममा चोटग्रस्त भएका हुन् ।


ADVERTISEMENT


उनले मात्रै ६ मिनेट मैदानमा बिताए । उत्साहित तथा उर्जासहित मैदान छिरेका नेइमारको गोडाको ‘एडक्टर मसल’ मा चोट देखिएको हो । बल प्रहार गर्ने क्रममा उनको गोलामा समस्या देखिएको हो । त्यसपछि उनी निकै पीडामा गए । खेल्न सकेनन् र उनको ठाउँमा रिचार्लिसन आए ।


ADVERTISEMENT

# # #


नेइमारको ठाउँमा आएका रिचार्लिसनले ४५ औँ मिनेटमा गरेको गोलको सहयोगमा नै ब्राजिलले क्यामरुनमाथि जित निकाल्यो ।

ब्राजिलका टिम डाक्टर रोड्रिगो लास्मरका अनुसार नेइमारले असजिलो महशुस गरे । उनको गोडाको अवस्थाबारे थप निरीक्षण गरेपछि मात्रै भन्न सकिने तर यो गम्भीर चोट भने नरहेको डाक्टर लास्मरले बताएका छन् ।