सप्तरी । राजविराजको राम मन्दिरमा मंगलबार साँझ एक महिलाले शिशु बालिका जन्माएकी छिन् ।


ADVERTISEMENT


स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् । स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा साथै आएकी जेठानी राजकुमारीले उनलाई एकै क्षण बस्न भन्दै किनमेल गर्न बजार गएकी थिइन् ।


ADVERTISEMENT

# # #


त्यहीबेला सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान नपाउँदै मन्दिरमा भर्जनकीर्तन गरिरहेका भक्त महिलाको सहयोगमा उनले शिशु जन्माएको प्रत्यक्षदर्शी बिसोलाल यादवले बताए। भजनकीर्तन गरिरहेका भक्तजन र स्थानीयवासीको सहयोगमा बच्चा तथा आमालाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ ।