काठमाडौं । यातायात व्यवस्था विभाग नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बिक्रीमा संलग्न भएको खुलासा भएको छ।


ADVERTISEMENT


विभागको आईटी शाखाले क्षेत्रगत कार्यालयहरुबाट आएको विवरणभन्दा वढी लाइसेन्स प्रिन्ट गरेको छ ।


ADVERTISEMENT

# # #


प्रदेश ३ यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनाको युजर नेमबाट कार्यालयले पठाएको विवरणमा ६ सयभन्दा वढी लाइसेन्स प्रिन्ट भएको भेटिएपछि यस्तो खुलासा भएको हो।

विभागका इन्जिनियर र मद्रास सेक्युरिटी प्रिन्टर्सले बदमासी गरेको आशंका छ। निजी कम्पनीलाई लाइसेन्स प्रिन्टको जिम्मा लगाएपछि अझ धेरै अनियमितता हुनसक्ने देखिएको छ।