काठमाडौँ– सरकारले भुकम्प अति प्रभावित १४ जिल्लाका भुकम्पपीडितलाई आजदेखि ट्याक्सीको नम्बर प्लेट वितरण शूरु गरेको छ ।


ADVERTISEMENT


ललितपुरको च्यासलस्थित एन्फा फूटबल मैदानमा विहान साढे ९ बजेदेखि वितरण कार्य शूरु गरेको यातायात ब्यबस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । विभागले आज रामेछाप, नुवाकोट र काभ्रेका ४ सय ९१ जना भुकम्पपीडितलाई नम्बर प्लेट वितरण गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


रामेछापका लागि १ सय ६५, काभ्रेलाई २ सय १ र नुवाकोटलाई १ सय २५ वटा नम्बर प्लेट वितरण गरिने जनाइएको छ । भोलि र पर्सी १ हजार ९ वटा ट्याक्सीको नम्बर प्लेट बाँकि ११ वटा जिल्लाका भुकम्प पीडितलाई वितरण गर्ने प्रवक्ता पाण्डेले बताए । उनका अनुसार ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथा मार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइनेछ ।

गत साउन ५ देखि भदौ ५ गतेसम्म भूकम्प अति प्रभावित १४ जिल्ला दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका १ लाख ४९ हजार ५ सय ५८ भूकम्पपीडितहरुले आवदेन दर्ता गराएका थिए ।

विभागले नम्बर प्लेट उपलब्ध गराए पनि ट्याक्सी खरिदमा कुनै सहुलियत नदिने जनाएको छ ।