काठमाडौं । डडेल्धुराको रडुवाखोलामा से१प २९३ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।


ADVERTISEMENT


मृतकहरुको सनाखत हुन सकेको छैन। घटनास्थलमा उद्दार कार्यमा खटिएमा डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको बताएका छन्।


ADVERTISEMENT

# # #


‘२७ जना घाइतेको उद्दार गरिँदै छ,’ केसीले फोनमा भने। उनले उद्दारको कार्य जारी रहेको छ।

घाइतेलाई डडेल्धेराको उपक्षेत्रीय अस्पतालमा लगिएको छ। गम्भीर घाइतेलाई कैलाली ल्याउने तयारी भइरहेको छ।

जिल्लाको अमरगढी नगरपालिका–५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु चढेको डोटीको शिखर नगरपालिका अन्तर्गत बानिडुग्रेसइनस्थित पिसजोन एकाडेमीको स्कुल बस अमरगढी नगरपालिकाको रडुवाखोलामा बिहीबार साँझ दुर्घटनामा परेको थियो।

बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको बताइएको छ। अहिले पनि उद्दार कार्य जारी छ।