काठमाडौं । वातावरणीय अपराधविरुद्ध उल्लेख्य काम गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले एसियास्तरको अवार्ड पाएको छ।


ADVERTISEMENT


युनाइटेड नेशन्स इन्भारोमेन्ट प्रोग्रामका एजेन्सीको सहयोगमा प्रदान गरिँदै आएको अन्तर्गत इन्ट्रिगिटी विधामा नेपाललाई अवार्ड प्रदान गरिएको हो। एसिया इन्भारोमेन्टल इन्फोर्समेन्ट अवार्ड विभिन्न चार वटा विधामा प्रदान हुने गरेको छ।


ADVERTISEMENT

# # #


सीआईबीले प्रतिबन्धित तथा संरक्षित जिवित चिम्पान्जी र बाँदर नाइजेरियाबाट नेपाल हुँदै अन्य मुलुकमा तस्करी गर्ने गिरोह पक्राउ गरेको थियो।

केही साताअघि मात्र सुचना प्रविधी क्षेत्रको डिजिटल अवार्ड पनि नेपाल प्रहरीले पाएको थियो।