काठमाडौं । भारतको मध्‍यप्रदेश स्थित सतनामा स्कुल बस दुर्घटना हुँदा सात बालबालिकासहित ८ जनाको ज्‍यान गएको छ भने ९ जना घाइते भएका छन्।


ADVERTISEMENT


विहीबार विहान बीरपुरसिंहको लकी काभेन्ट स्कुलको बस दुर्घटनामा परेको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्। स्कुल बस बालबालिकालाई लिएर जाँदै गर्दा तीव्र गतिमा आइरहेको भ्‍यानले ठक्कर दिएको थियो। दुर्घटनामा बस चालकको पनि निधन भएको छ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी घाइते भएकाहरुको बीरसिंहपुर शासकीय अस्पतालमा उपचार भइरहेको छ। प्रत्‍यक्षदर्शीका अनुसार स्कुल बस पनि केही तीव्र गतिमै चलाइएको थियो।

दुर्घटनाप्रति मध्‍यप्रदेशका मूख्‍यमन्त्री शिवराजसिंह चौहानले दु:व्‍यक्त गरेका छन् भने राहुल गान्धीले पनि दुर्घटनाप्रति समवेदना प्रकट गरेका छन्।