सिरहा : पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुरमा बस र ट्रक ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्।


ADVERTISEMENT


बन्दीपुरस्थित कमला पुलको पूर्वपतर्फ बस-ट्रक ठोक्किदा घाइते भएका सर्लाही हरिपुर नगरपालिकाका जगदिश ठाकुरको उपचारका क्रममा मृत्यु भएको हो।


ADVERTISEMENT

# # #


ना ४ ख ४८२५ नम्बरको बस र ना ५ ख ३९४० नम्बरको ट्रक ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी शुकदेव खनालले जानकारी दिए।
घाइतेमध्ये ४१ जनाको उपचार कर्जन्हास्थित फुलकुमारी महतो अस्पतालमा भइरहेको छ भने ३ जनालाई उपचारका लागि बाहिर पठाइएको छ।

सर्लाही हरिपुर नगरपालिकाका स्थानीय शुक्रबार बिहान कार्तिक पूर्णिमाको दिन लाग्ने भुत मेला हेर्न सिरहाको कमला नदी पुगेका थिए।