काठमाडौंँ । डडेल्धुराको रडुवाखोलामा से१प २९३ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।
मृतकहरुको सनाखत हुन सकेको छैन। घटनास्थलमा उद्दार कार्यमा खटिएमा डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको बताए। उद्दार कार्य जारी छ।


ADVERTISEMENT


सरकारले राष्ट्रपतिमाथि लगाइएका सम्पूर्ण आरोपहरु निराधार, कपोलकल्पित र खण्डनयोग्य रहेको जनाउँदै संवैधानिक निकायलाई विवादमा पार्ने गरी टिका टिप्पणी नगर्न आग्रह गरेको छ। अघिल्लो बिहीबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापन र सवारी खरिदको विषयमा भएका सार्वजनिक टिप्पणी निराधार भएको दाबी गरे।


ADVERTISEMENT

# # #


सरकारले नयाँ मर्यादाक्रम पारित गरेको छ। बिहीबार स्वीकृत पछिल्लो मर्यादाक्रम अनुसार राष्ट्रपति पहिलो, उपराष्ट्रपति दोस्रो, प्रधानमन्त्री तेस्रो, प्रधानन्यायाधीश चौथो, प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष पाँचौँ नम्बरमा हुनेछन्।

हिमाली जिल्ला हुम्लाका सर्वसाधारणले पर्याप्त चामल पाउन सकेका छैनन्। समयमा ढुवानी हुन नसक्दा हुम्लाबासीले पर्याप्त चामल पाउन नसकेका हुन्। नेपाल खाद्य संस्थान हुम्लाले साउनदेखि चामल उपलब्ध गराउन सकेको छैन। सर्वसाधारणलाई सस्तो मूल्यमा चामल उपलब्ध गराउँदै आएको संस्थाले दसैँमा प्रतिपरिवार ५–५ केजी चामल वितरण गरेको थियो।

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार गठन भएको ९ महिने अवधिको गम्भीर समीक्षा गर्दै केपी ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको टिप्पणी गरेको छ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुख्य प्रश्नहरुमा समाधान नखोजी ओली सरकारले ९ महिना बिताएको आरोप लगाए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन पेश गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले उक्त प्रस्ताव पेश गर्‍यो। साथै प्रदेश कमिटीको एकीकरणको विषय शुक्रबार टुङ्गो लगाउनले प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सीप विकास तालिम कार्यक्रम रद्द गरेको छ । १० हजार जनालाई तालिम दिने भनेर संस्थाहरु सूचीकृत गरिएका संस्थालाई समेत आवेदन र रकम फिर्ता लान भनेको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड अन्तरगत हरेक वर्ष तालिम सञ्चालन गरिँदै आएको थियो

त्रिभुवन विश्वविद्यालयको ४४औ दीक्षान्त समारोहमा नौ हजार ४ सय ९२ विद्यार्थी दीक्षित हुने भएका छन्। गत वर्षभन्दा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या एक हजार २२३ बढी हो। गत वर्ष आठ हजार २६९ विद्यार्थी दीक्षित भएको थिए।