कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको पालनामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल पत्रकार महासङ्घ कास्कीले विशिबार यहाँ आयोजना गरेको प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि नीतिगत छलफल कार्यक्रममा उनले कानून, आफ्नो सीमा र हैसियतअनुसार प्रेस स्वतन्त्रतालाई सम्मान गर्दै काम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आमसञ्चार नीति बनाउन लागेको जानकारी दिदैं “प्रदेश सरकारले आमसञ्चार नीतिको मस्यौदा तयार गरिसकेको छ, यसबारेमा मन्त्रिपरिषद्मा समेत छलफल भएको छ”, भने।

सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षा, संरक्षण तथा श्रमजीवीका विषय सञ्चारनीतिमा समावेश भएकाले सबै विषय यसले सम्बोधन गर्ने धारणा पनि उनले व्यक्त गरे।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रदेश तथा स्थानीय सरकारले सञ्चार नीति बनाउँदा सरोकार भएकालाई सहभागी गराउन आग्रह गरे ।

महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयका विज्ञापन स्थानीय सञ्चारमाध्ममै प्रकाशन प्रसारण हुने व्यवस्था गर्न माग गरे ।

महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारका असल काममा पत्रकारिता क्षेत्रले सदैव सहयोग गर्ने र गलत कार्यमा आलोचना गर्ने बताए।

छलफलमा सहभागी सञ्चारकर्मीले प्रदेश सरकारले बनाउने नयाँ सञ्चारनीतिमा स्थानीय सञ्चारमाध्यमको सवलीकरण, समानुपातिक विज्ञापन नीति, न्यूनतम पारिश्रमिक लागू हुनुपर्नेलगायत विषयमा जोड दिएका थिए ।