धनकुटा– नेपाल रेडक्रस सोसाइटी धनकुटाको नाममा रहेको मोटरसाइकल निर्वाचन विरोधी गतिविधिमा प्रयोग भइरहेको छ ।


ADVERTISEMENT


निर्वाचनमा अवरोध गर्ने र उम्मेदवार अपहरण गर्ने तयारीको योजना बनाइरहेको अवस्थामा प्रहरीले धनकुटाको सिन्धुवा बजारबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपा धनकुटाका इन्चार्ज आकास र जिल्ला सदस्य एवम् नगर इन्चार्ज राजनलाई गत आइतबार पक्राउ गरेको थियो । नेपाल रेडक्रस सोसाइटी धनकुटाको नाममा रहेको बा ३९ प ९०९७ नं को डिस्कभर मोटरसाइकल प्रयोग गरेर ती दुबै जना सिन्धुवा बजार पुगेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।


ADVERTISEMENT

# # #


प्रहरी उपरीक्षक राजभण्डारीका अनुसार सोमबार राति खाल्सा सहिदभूमी छिन्ताङ गाउँपालिका आँखीसल्लामा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेका रणबहादुर राई र मङ्गलबार साँझ धनकुटा नगरपालिका– १ हिले स्थित टुरिजम होटलमा काम गर्ने सुर्खेत घर बताउने कर्ण ज्ञवालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा अवरोध गर्न खोज्ने चारजनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजभण्डारीले बताए।