काठमाडौं । शुक्रबार दिनभर देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो मौसम सफा रहेपनि अपरान्ह पश्चात भने पूर्वी तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा आंसिक बदलीको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।
अाजराति पनि पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा आंसिक बदली रहने सम्भावना रहेको र बाँकी भूभागमा मौसम सफा रहने मौसमविदको भनाई छ ।