रुपन्देही– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताएका छन् ।


ADVERTISEMENT


श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ काठमाडौँका मठ मन्दिरमा रहनु गौरवको विषय भएको बताए ।


ADVERTISEMENT

# # #


नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक रहेको बताउँदै उनले धार्मिक र सांस्कृतिक विविधताले रङ्गिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको उल्लेख गरे ।